दफा
विशेष अदालतको अधिकार
विशेष अदालतको अधिकार देहाय बमोजिम हुनेछ:-
(क) वादी प्रतिवादीका साक्षीका अतिरिक्त मुद्दासंँग सम्बन्धित आवश्यक देखिएका अन्य व्यक्ति वा प्रमाण बुझ्ने,
(ख) म्यादमा हाजिर नहुने प्रतिवादी वा साक्षीलाई वारेण्ट जारी गरी पक्री बयान वा वकपत्र गराउने,
(ग) मुद्दाको कुनै पक्षलाई तारेखमा राखी पुर्पक्ष गर्ने वा आवश्यक परेका बखत झिकाउने वा खास समयमा हाजिर हुन आउने गरी तारेखमा नराखी पुर्पक्ष गर्ने,
(घ) तत्काल प्राप्त प्रमाणबाट कुनै अभियुक्तलाई थुनामा राखी पुर्पक्ष गर्नु पर्ने नदेखिएमा निजसंग निजले हानि नोक्सानी गरेको बिगो वा गैरकानुनी रूपमा लिएको रकम र निजलाई हुन सक्ने कैद वा जरिबाना समेतलाई दृष्टिगत गरी धरौटी वा जमानत माग्ने,
(ङ) तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्तलाई थुनामा राखी पुर्पक्ष गर्नु पर्ने पर्याप्त र मनासिब कारण भएमा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि निजलाई थुनामा राखी पुर्पक्ष गर्ने,
(च) विशेष अदालतले अनुसन्धान गर्ने निकायबाट अनुसन्धानको सिलसिलामा लिएको धरौटी वा जमानतलाई खामेको हदसम्म कायम गर्न सक्ने ।